अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चद्वारा प्रधानमन्त्रीको शपथसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा प्रधानमन्त्रीको शपथसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

मंगलबार रिटमाथि भएको सुनुवाइपछि जारी आदेश अनुसार रिटलाई अग्राधिकार दिइनेछ । प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ नभनेर ‘त्यो पर्दैन’ भनेपछि शपथविरुद्ध रिट परेको थियो ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र वलीलगायतले सर्वोच्चमा रिट दर्ता गर्नु भएको थियो ।