अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी


काठमाडौं- नेकपा एमालेभित्रको विवाद मिलाउन गठन गरिएको कार्यदलको पहिलो बैठक सिंहदरबारमा जारी छ । कार्यदलको औपचारिक पहिलो बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसिरहेको हो ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफलले दुवै तर्फका पाँच/पाँच गरी १० सदस्यीय कार्यदल बनाएर उहाँहरूलाई समाधानको उपाय खोज्न जिम्मेवारी दिइएको थियो ।

कार्यदलमा सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।