अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बादललाई नेपालको ढाडस : ‘तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’

बादललाई नेपालको ढाडस : ‘तपाई एमालेको उम्मेद्वार हो, जिताउने मेरो कर्तव्य’


काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई जिताउन सबै शक्ति परिचालन गरिने बताउनुभएको छ ।

थापाका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार नेता नेपालले ‘तपाईं एमालेको उम्मेद्वार भएकोले विजयी गराउनु मेरो दायित्व हो’ भन्नुभएको छ ।

नेता नेपाललाई भेट्न थापा आज दिउँसो कोटेश्वर जानुभएको थियो । करिब ४५ मिनेट भएको भेटघाटमा एमाले विवादको समाधानका लागि पनि दुवै नेताबीच छलफल भएको स्रोतले जनाएको छ ।