काठमाडौं- इराक विरुद्धको मैत्रीपूर्ण खेल र विश्वकप फुटबल छनोटका लागि राष्ट्रिय फुटबल टोलिको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले मंगलबार टोलीको घोषणा गर्नुभएको हो ।
टोलीमा भरत खवास, रञ्जित धिमाल, अमित तामाङ, शेषेहाङ आङ्दम्बे, रबिशंकर पासवान, निशान खड्का, बिवेक बस्नेत, नीतिन थापा र दर्शन गुरुङ अटाउन सकेनन् । बन्द प्रशिक्षणमा यी नौ जना खेलाडी सहभागी भएका थिए ।
किरणकुमार लिम्बू पहिलो रोजाइका गोलरक्षकसँगै विशाल सुनार र दीप कार्की गरी थप दुई जना गोलकिपरले टोलीमा स्थान पाएका छन् ।
त्यसैगरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पूजन उपरकोटी, एरिक विष्ट, सुमन लामा अटाएका छन् ।
२३ सदस्यीय टोलीमा अञ्जन विष्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, अयूष घलान, सूरज जेउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजवंशी र विकास खवासलाई पनि टोलीका समावेश गरिएको छ ।
नेपालले विश्वकप फुटबल छनोटअन्तर्गत दोस्रो चरणको खेल पूर्वइराक विरुद्ध मैत्रीपूर्ण म्याच खेल्नेछ । उक्त खेल मे २९ को दिन इराकको बसरा शहरमा हुनेछ ।
लगत्तै नेपाली राष्ट्रिय टोली विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ । कुवेतमा नेपालले छनोट अन्तगर्तको पहिलो खेलमा चाइनिज ताइपेइको सामना गर्नेछ ।
जुन ३ मा हुने पहिलो खेलपछि नेपालले जुन सातमा जोर्डनको सामना गर्नेछ । दोस्रो चरणको अन्तिम खेलमा नेपालले जुन ११ मा अष्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया