अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र महतो जसपा संसदीय दलको नेता चयन भएको पत्र दर्ता

राजेन्द्र महतो जसपा संसदीय दलको नेता चयन भएको पत्र दर्ता


काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको जानकारी संघीय संसद् सचिवालयलाई गराउनु भएको छ । पत्र सचिवालयमा दर्ता भइसकेको छ ।

यसअघि उपेन्द्र यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमतिअनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताउनुभएको छ ।

तर, अध्यक्ष ठाकुरले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराउनुभएको हो ।

सोही पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाइएको छ ।