अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी एकता विरोधी गतिविधिमा संलग्न नहुन आह्वान गर्ने कार्यदल बैठकको निर्णय

पार्टी एकता विरोधी गतिविधिमा संलग्न नहुन आह्वान गर्ने कार्यदल बैठकको निर्णय


काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न बसेको कार्यदलले पार्टी एकता विरोधी गतिविधिमा संलग्न नहुन सबै नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

आजको बैठकपछि पत्रकारलाई जानकारी दिँदै नेता भीम रावलले सो कुरा बताउनुभएको हो ।

यसैगरी, कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता बनाउने विषयमा आज छलफल भएको रावलले जानकारी दिनुभयो ।

‘पार्टीभित्र देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावका लागि आग्रह गरेको छ,’ कार्यदल सदस्य रावलले भन्नुभयो, ‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने पनि बैठकले निर्णय गरेको छ ।

भोलि बैठक बसेर मूल विषयमा प्रवेश गरिने कार्यदलका अर्का एक सदस्यले बताउनुभयो । आजको बैठकमा कार्य व्यस्तताले गर्दा कार्यदल सदस्य विष्णु पौडेल र शंकर पोखरेल भने अनुपस्थित हुनुहुन्थ्यो ।