अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिमालय एयरलाइन्सले साउदी अरेबिया चाटर्ड उडान गर्ने

हिमालय एयरलाइन्सले साउदी अरेबिया चाटर्ड उडान गर्ने


काठमाडौं- नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाममा तीन वटा चाटर्ड उडान गर्ने भएको छ ।

नेपाल सरकारको निर्णय अनुसार मे १८ मा दमामका लागि उडान तालिका निर्धारण गरिएको एयरलाइन्सले आज विज्ञप्तिमार्फत जनाएको हो ।

एयरलाइन्सले चाटर्ड उडानका लागि नयाँ भाडादर पनि तोकेको छ । काठमाडौं-दमामका लागि ८२० अमेरिकी डलर तिर्नुपर्नेछ । उडानमा सहभागी यात्रुले अनिवार्य रूपमा पीसीआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्नेछ ।