काठमाडौं- गत २४ घण्टामा देशभर ८ हजार २०३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।
पीसीआर विधि र एन्टिजन विधिबाट झन्डै २१ हजार परीक्षण गर्दा आज त्यति सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।
त्यस्तै, आज १९६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६ हजार ८९१ जना सङ्क्रमणमुक्त भएका छन् ।
अहिले देशभरी १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् ।







प्रतिक्रिया