अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्ता छन् एमाले कार्यदल बैठकका तीन निर्णय

यस्ता छन् एमाले कार्यदल बैठकका तीन निर्णय


काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न बसेको कार्यदलको पहिलो बैठकले विभिन्न तीन निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको बैठकले पार्टी एकता विरोधी गतिविधिमा संलग्न नहुन सबै नेता कार्यकर्तालाई आह्वान गर्ने, कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता बनाउने र पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको हो ।

‘कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता बनाउने निर्णय भएको छ । पार्टीभित्र देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावका लागि आग्रह गरेको छ,’ कार्यदल सदस्य भीम रावलले भन्नुभयो, ‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने पनि बैठकले निर्णय गरेको छ ।

भोलि पनि कार्यदलको बैठक बस्ने रावलले बताउनुभयो ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत वैशाख ३० र यही जेठ २ गतेको आपसी सहमतिका आधारमा नेता रावल, सुवास नेम्वाङसहित १० सदस्यीय कार्यदल गठन भएको थियो ।

आजका बैठकमा काम विशेषले सदस्य विष्णुप्रसाद पौडेल र शङ्कर पोखरेल अनुपस्थित हुनुहुन्थ्यो । कार्यदलललाई एमालेको साङ्गठनिक संरचना २०७५ जेठ ३ (माओवादी केन्द्रसँगको एकतापूर्व) को अवस्था, सहमतिमा जिम्मेवारी बाँडफाँट तथा माओवादीबाट प्रवेश गरेका नेताकार्यकर्ताको व्यवस्थापनलगायतबारे सुझाव दिन भनिएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमालेको पुरानै संरचना कायम हुनुपर्ने नेता नेपाल पक्षको अडान रहँदै आएको छ ।

कार्यदलको बैकठका निर्णय :