अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री अर्यालको पहलमा स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न डेढ करोड विनियोजन

मन्त्री अर्यालको पहलमा स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न डेढ करोड विनियोजन


काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालको गृहजिल्ला स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्नका निम्ती अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ ।

कोभिड-१९ को दोस्रो लहरका कारण स्याङ्जा जिल्ला पनि कोभिडको अत्यधिक मारमा परेपछी त्यहाँ अक्सिजन प्लान्टको सुनिश्चितताका लागि कृषिमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालय तथा आवश्यक बजेटको व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पहल गर्नुभएको थियो ।

सोहीअनुसार अर्थ मन्त्रालयले स्याङ्जा अस्पताल स्याङ्जामा अक्सिजन प्लान्ट निर्माणका निम्ती मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो ।

कोरोनाको महामारीले सबैतिर प्रभावित गरिरहेको सन्दर्भमा गृहजिल्ला स्याङ्जाका जनताको जीवन सुरक्षाका निम्ती अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट विनियोजन गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

‘कोभिड-१९ को दोस्रो लहरले जनताको जीवनमाथि नै चुनौति सिर्जना गरेको बेला प्राणवायु अक्सिजन अहिलेको आधारभूत आवश्यकता बनेको छ,’ मन्त्री अर्यालले भन्नुभयो, ‘यसै कुरालाई मध्यनजर गरी अब जुनसुकै बेला स्याङ्जामा पर्याप्त अक्सिजनको सुनिश्चितताका लागि अक्सिजन प्लान्ट निर्माण गर्न नेपाल सरकार अर्थ मन्त्रालयबाट १ करोड ५० लाख रकम विनियोजन भइसकेको जानकारी गराउँदछु ।’