अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यदलको निर्णय एकातिर,नेपालको सचिवालय अर्कोतिर

कार्यदलको निर्णय एकातिर,नेपालको सचिवालय अर्कोतिर


काठमाडौं -नेकपा एमाले विवाद साम्य पार्ने कार्यदलले गरेको निर्णय विरुद्ध बरिष्ठ नेता माधव नेपालको सचिवालयको अभिव्यक्ति आएपछि नेता कार्यकर्ता चिन्तित भएका छन् ।
आज बसेको कार्यदलको बैठकले गरेका तीनवटा निर्णय मध्ये तेस्रो नम्बरमा भनिएको छ ‘पार्टीमा एकता र समझदारी वृद्धी गर्न तथा एक आपसमा अविश्वास,असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तीलाई हार्दिक आह्वान गर्ने । ’
तर त्यसको केही घण्टा पनि नवित्दै नेता नेपालको सचिवालयबाट सूर्य चिन्हका उम्मेद्वारलाई मत हाले पनि हुने नहाले पनि हुने विज्ञप्ती सार्वजनिक भयो । पर्सी ६ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा बागमती प्रदेशमा एमालेबाट रामबहादुर थापा बादल उम्मेद्वार हुनुहुन्छ । धेरैको अपेक्षा थियो नेता नेपालले आज भेटपछि सम्पूर्ण आफू पक्षीय मतदातालाई सम्बोधन गरेर एउटा सन्देश जारी गर्नुहुन्छ ‘सूर्य चिन्ह ध्वाजाबाहक उम्मेद्वारलाई जिताउँ ।’
गृहमन्त्री एवं उम्मेद्वार थापालाई उहाँले आस्वास्त पार्नु भएको थापाको सचिवालयले भेटपछि स्पष्ट पारेको थियो । तर साँझ नेपालको सचिवालयको नाममा मोहन गौतमले फेसबुकमा लेख्नुभयो ‘उम्मेद्वारी दर्ताको बेला अन्य दलहरुलाई समेत सहमत गराएर डा.खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो । मतदाताले स्वविवेक प्रयोग गर्न कुरामा सहमति छ ।’
नेता नेपालको सचिवालयको यो अभिव्यक्तिबाट एमालेका धेरै कार्यकर्ता निराश बनेका छन् । अर्कातिर पार्टीका महासचिव इश्वर पोख्रेलले आम मतदातालाई सूर्य चिन्ह्मा मतदान गर्न ह्विप जारी गरिसकेको अवस्थामा नेपालको सचिवालयले जारी गरेको उर्दीले केही अन्यौल सृजना गरेको छ । बाग्मती प्रदेशसभाका नेपाल पक्षीय एकजना सदस्य ‘हामी एमाले हौं । एमालेको चुनाव चिन्ह सूर्य हो । हाम्रो मत त्यसैमा जान्छ । आजको विज्ञप्ती सृजना गरेको अन्यौललाई भोली हामी चिर्छौं ।’