अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लमजुङ केन्द्रविन्दु भएर ५.८ रिक्टर स्केलको भूकम्प,काठमाडौंमा समेत धक्का

लमजुङ केन्द्रविन्दु भएर ५.८ रिक्टर स्केलको भूकम्प,काठमाडौंमा समेत धक्का


काठमाडौँ-लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले  जानकारी दिनुभयो ।

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन ।