अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरी पूर्वमहानिरीक्षक बरालको निधन

प्रहरी पूर्वमहानिरीक्षक बरालको निधन


काठमाडौं– नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजित बरालको निधन भएको छ।

९३ वर्षको उमेरमा महाराजगञ्जस्थित निवासमा बुधबार बरालको निधन भएको हो । बरालले २०३४ सालसम्म करिव २१ वर्ष नेपाल प्रहरीमा सेवा गरे। कम समयमा प्रहरीको सर्वोच्च पदमा पुग्ने उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ ।

राणा कालमा प्रजातन्त्रका लागि मुक्ति सेनामा लागि लड्नुभएका बराल नेपाल प्रहरीको स्थापना कालदेखि कार्यरत हुनुहुन्थ्यो ।

प्रहरी महानिरीक्षक (आईजीपी) को पदमा सबैभन्दा धेरै ६ वर्षसम्म रहेर नेतृत्व गर्नुभएका उहाँले संगठन सुदृढिकरणमा क्रान्ति नै गर्नुभएको थियो ।