अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदल बैठक आज पनि

एमाले कार्यदल बैठक आज पनि


काठमाडौं– नेकपा (एमाले)को पछिल्लो विवाद निरूपणका लागि गठन गरिएको संयुक्त कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

कार्यदलमा संस्थापनको नेतृत्व गर्नुभएका नेता सुवासचन्द्र नेम्वाङका अनुसार बैठक साँझ ७ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको छ । मंगलबार बसेको बैठकले तीन बुँदे निर्णय गर्दै पार्टीमा एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई आहवान गरेको थियो ।

आज बस्ने बैठकले बिहीबार हुने राष्ट्रियसभाको उप(चुनाव र कार्यदलको कार्यक्षेत्रबारे कार्यविधि बनाउने बताइएको छ । कार्यदलमा संस्थापनबाट नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको छ ।