अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त

देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गर्नुभएको छ ।

सभापति देउवाले आज शोक वक्तव्यर्फत उहाँको मंगलबार निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । मल्ल जिल्ला विकास समिति स्याङ्जाका पूर्वसदस्यसमेत हुनुहुन्थ्यो ।

मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताउनुभएको छ । सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत मल्लको सक्रिय योगदान थियो ।