अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा एकैदिन ४ लाख २२ हजारले जिते कोरोना

भारतमा एकैदिन ४ लाख २२ हजारले जिते कोरोना


नयाँदिल्ली- भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार ४३६ जना सङ्क्रमित निको भएका छन् ।

योसँगै भारतमा संक्रमणमुक्त हुनेको संख्या २ करोड १९ लाख ८६ हजार पुगेको छ । हाल भारतमा ३२ लाख २६ हजार ७१९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । हालसम्म भारतमा दुई करोड ५४ लाख ९६ हजार ३३० जना सङ्क्रमित भएका छन् ।

त्यस्तै, गत २५ घण्टामा भारतमा दुई लाख ६७ हजार ३३४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । लगातार तेस्रो दिन नयाँ थपिने कोरोना सङ्क्रमितको संख्या तीन लाखभन्दा कम पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २४ घण्टामा २० लाख आठ हजार २९६ जनाको परीक्षण गरिएको छ ।

गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणले हुने मृत्यु अहिलेसम्मकै सबैभन्दा बढी दर्ता गरिएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ५२९ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म दुई लाख ८३ हजार २४८ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको हो ।

भारतीय सञ्चार संस्था एएनआईका अनुसार २४ घण्टामा दर्ता गरिएको मृतक कोरोना महामारी सुरू भए यताकै सबैभन्दा बढी हो ।