अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटा हेटौँडामा

राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटा हेटौँडामा


हेटौँडा- बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारहरू गृहमन्त्री रामबादुर थापा बादल र डा. खिमलाल देवकोटा हेटौँडा आइपुग्नुभएको छ ।

बादल आज दिउँसो १ बजे हेटौँडा आइपुगनुभएको हो । चितवन हुँदै आउनुभएका बादलले हेटौँडा-२ स्थित मोटल एभोकाडो होटलमा एमालेका नेताहरूसँग छलफल सुरू गर्नु भएको छ ।

बादलसँगै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित अन्य नेताहरू चुनावी अभियानमा जुट्नभएको छ ।

त्यस्तै, नेकपा एमालेकै माधव समूहनिकट डा. खिमलाल देवकोटा पनि हेटौँडा आइपुग्नुभएको छ । उहाँले पनि नेकपा माओवादी केन्द्रका नेताहरूसँग छलफल अघि बढाउनुभएको छ ।