अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशमा पाँच मन्त्री नियुक्त, मनाङे अनुपस्थित

गण्डकी प्रदेशमा पाँच मन्त्री नियुक्त, मनाङे अनुपस्थित


पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच जना मन्त्री नियुक्त गर्नु भएको छ ।

आज नियुक्त हुनुभएका पाँचै जना प्रदेश सरकारमा यसअघि नै मन्त्री रहनुभएको थियो ।

फेरि नियुक्त भएका मन्त्रीहरूलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथग्रहण गराउनुभएको छ ।

सपथ ग्रहण समारोहमा राजीव गुरुङ ‘दीपक मनाङे’ भने उपस्थित हुनुभएन । काठमाडौंमा रहेका कारण उहाँले सपथग्रहण गर्न नभ्याएको बताइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री रहनुभएका गुरुङले पुनस् सोही मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै, मनाङेले पनि युवा तथा खेलकुदमन्त्रालयकै जिम्मेवारी पाउनुभएको छ । बाँकी ३ जना मन्त्री भने बिनाविभागीय हुनुहुन्छ ।