अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको आधिकारिक उम्मेदवार म हुँ, मेरो जित सुनिश्चित : बादल

एमालेको आधिकारिक उम्मेदवार म हुँ, मेरो जित सुनिश्चित : बादल


हेटौँडा- राष्ट्रियसभा सदस्य पदका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा (बादल)ले आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ ।

उपनिर्वाचनका लागि आज हेटौँडा आउनुभएका उहाँले एमालेको आधिकारिक उम्मेदवार आफू भएकाले एमालेका सबै मतदाताले आफूलाई भोट दिने बताउनुभएको हो ।

‘म एमालेको आधिकारिक उम्मेदवार हुँ । एमालेको सबै भोट मलाई आउँछ । मेरो जित सुनिश्चित छ,’ बादलले भन्नुभयो । बादलसँगै प्रतिस्पर्धामा नेकपा एमालेको माधव नेपाल पक्षका डा. खिमलाल देवकोटा पनि हुनुहुन्छ । देवकोटालाई समर्थन गरेको कांग्रेस र नेकपा माओवादी केन्द्रबाट नै भोट नआउने बादलले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेस र माओवादीको आधिकारिक उम्मेदवार छैन । साझा उम्मेदवार भएकाले कांग्रेस र माओवादीभित्रै पनि विवाद छ । त्यहाँबाट पनि मलाई मत आउने निश्चित छ ।’

राष्ट्रियसभा उपनिर्वाचन भोलि, सम्पूर्ण तयारी पूरा