अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बादललाई विजयी गराउन मन्त्री श्रेष्ठको अपिल

बादललाई विजयी गराउन मन्त्री श्रेष्ठको अपिल


काठमाडौं- नेकपा (एमाले)ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाउन मतदातालाई आग्रह गर्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहनुभएका श्रेष्ठले प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दा आधिकारिक उम्मेदवार ‘बादल’ का पक्षमा लाग्न आज अपिल गर्दै दलविहीन, निर्दलीय स्वतन्त्र उम्मेद्वारलाई मतदान नगर्न आव्हान गर्नुभएको हो । यो प्रदेशमा उक्त उपनिर्वाचन बिहीबार निर्वाचन हुँदैछ ।

सूर्य चिन्हका उम्मेदवार बादललाई विजयी गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्दै उहाँले पार्टीको निर्देशनविपरीत घातअन्तर्घात नगर्न आफ्ना जनप्रतिनिधिलाई चेतावनी दिनुभएको छ । ‘निर्दलीय उम्मेदवारका पक्षमा मतदान गर्नु राजनीतिक हिसाबले गम्भीर अपराध हुनेछ,’ अपिलमा भनिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेका उम्मेदवारलाई समर्थन गरेको उल्लेख गर्दै उहाँले अन्य दललाई पनि आफ्ना बादलका पक्षमा साथ दिन आग्रह गर्नुभएको छ ।