अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीमा आज हालसम्मकै धेरै संक्रमितको मृत्यु

गण्डकीमा आज हालसम्मकै धेरै संक्रमितको मृत्यु


पोखरा- गण्डकी प्रदेशमा आज हालसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ । आज प्रदेशभर ३० संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानएको छ ।

निर्देशनालयअनुसार मृत्यु हुनेमा पर्वतका पाँच, गोरखाका तीन, तनहुँका पाँच, कास्कीका आठ, स्याङ्जाका सात र नवलपरासी पूर्वका दुई जना रहेका छन् ।

पोखरा महानगरपालिका १९ की ४८ वर्षीय संक्रमित महिला, पोखरा महानगरपालिका ८ का ५९ वर्षीय महिला, पोखरा १४ का ५६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज,पोखरा १५ की ७५ वर्षीय महिलाको ग्यालेक्सी अस्पतालमा र पोखरा १४ का अर्का ५४ वर्षीय संक्रमित पुरुषको अस्पताल लैजाने क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।