अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा भिष्म अधिकारी

गण्डकीका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा भिष्म अधिकारी


पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा डा. भिष्म अधिकारी नियुक्त हुनु भएको छ ।

उहाँलाई प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सल्लाहकारमा नियुक्त गरेको हो ।

यसअघि मुख्यमन्त्री गुरुङको राजनीतिक सल्लाहकार एमाले केन्द्रीय सदस्य गोविन्द बहादुर नेपाली हुनुहुन्थ्यो । उहाँ एमालेका गण्डकी प्रदेश कमिटीका सचिव हुनुहुन्छ ।

नवनियुक्त सल्लाहकार डा. अधिकारी दोस्रो संविधान सभाका समानुपातिक सदस्य हुनुहुन्थ्यो ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रमिक समितिमा काम गरेका अधिकारी एमालेका विभिन्न संगठनमा आवद्ध हुनुहुन्छ ।