अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदलको बैठक स्थगित, अर्को बैठक भोलि

एमाले कार्यदलको बैठक स्थगित, अर्को बैठक भोलि


काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

बैठकमा सबै सदस्य उपस्थित हुन सम्भव नभपछि बिहीबार बेलुका ५ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।

‘हामीले आन्तरिक छलफल गर्‍यौँ । छलफलमा सबै सदस्य सहभागी भएर मात्रै बैठक बस्दा राम्रो भन्ने ठहर रह्यो । आजको बैठकमा शंकर कमरेड आइपुग्न नसक्ने भएकाले भोलिलाई राखियो,’ एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका नेता सुवास नेम्वाङले भन्नुभयो ।

आजको बैठकमा कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची थियो । कार्यदलमा अध्यक्ष तथा केपी शर्मा ओली र माधव नेपाल पक्षका पाँच/पाँच जना नेता रहनुभएको छ ।

जसमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहनुभएका नेता विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल हुनुहुन्छ ।

नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा हुनुहुन्छ ।