अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतले सघाउने

नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतले सघाउने


काठमाडौं- बेलायतले नेपालको स्वास्थ्य क्षेत्रमा सघाउने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज भएको अप्रत्यक्ष बैठकमा बेलायती विदेश राज्यमन्त्री लर्ड अहमदले नेपालको स्वास्थ्य क्षेत्रका साथै अन्य क्षेत्रमा बेलायती सरकारले निरन्तर सहयोग गर्ने बताउनुभएको हो ।

दुवै देशका मन्त्रीले नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सघन एवं सुदृढ तुल्याउनाका साथै जलवायु परिवर्तनलगायत साझा चासोका विषयमा निकट सम्पर्कमा रहेर काम गर्न सहमति जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सामान्यावस्था र अहिलेको कठिन परिस्थितिमा नेपाललाई सहयोग गरिएकामा बेलायत सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै मन्त्री ज्ञवालीले कोभिड-१९ को अकल्पनीय वृद्धिविरुद्ध लड्न नेपाललाई खोपसहित अन्य सहायता अत्यावश्यक भएकामा जोड दिनुभयो ।

बैठकमा नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धका विविध पक्षका साथै विकास सहायता र विशेष रुपमा कोरोना भाइरसका सन्दर्भमा छलफल भएको थियो । दुवै मन्त्रीले महामारीविरुद्ध एकार्काप्रति ऐक्यबद्धता जनाउनुभएको थियो ।