काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ ।
बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । २ हप्ता अगाडि उहाँलाई संक्रमण पुष्टि भएको थियो ।
केसी प्रहरी संगठन भित्र इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिनुहुन्छ ।







प्रतिक्रिया