अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘यस्ता रोग व्याध आउँछन्, जान्छन् भनेर मन दह्रो बनाउनु पर्ने रहेछ’

‘यस्ता रोग व्याध आउँछन्, जान्छन् भनेर मन दह्रो बनाउनु पर्ने रहेछ’


वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त हुनुभएको छ । ९१ वर्षीया कार्कीले कोरोना जित्नुभएको हो । उहाँलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार दिएको स्वाब नेगेटिभ आए पनि आज उहाँ डिस्चार्ज हुनुभयो । अविवाहित कार्की २०७४ सालको चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । डिस्चार्ज भएलगत्तै कोरोना अनुभव उहाँले नेपाली बहससँग यसरी साट्नुभयो–

मलाई १३ दिन कोरोना भएको थाहा पाएँ । त्यसपछि महानगरले सञ्चालन गरेको कोभिड अस्पतालमा पहिलो बिरामी भएर भर्ना भएँ । सबैको मायाले बाँचेर आएँ । डाक्टर आएर तपाईंलाई केही भएको छैन भनेर ढाडस दिए । उनीहरुले त्यसो भनेर हो कि के हो मलाई पनि कुनै लक्षण देखिए जस्तो पनि लागेन । सामान्य अवस्थामा नै बसें म ।

मैले नियमित कफ सिरफ खाइराखें । खै किन हो बिहान–बिहान चाहिँ कफ धेरै आउँथ्यो । तर खोकी खासै लागेन । डाक्टरलाई पटक–पटक सोधें आफ्नो अवस्था बारेमा । तपाईंलाई केही भएकै छैन भन्थे । त्यसो भए मलाई घर पठाइदिनुहोस् भनेको हैन केही दिन बस्नुपर्छ भन्थे फेरि । त्यही भएर १३ दिन बसें । अनि स्वाब परीक्षण गरेर नेगेटिभ आयो भनेपछि अहिले विहान घर आइपुगें ।

मलाई के लाग्यो भने कोरोना संक्रमण भयो भनेर डराउनेहरु गए । तर यो सँग भिड्छु अनि जित्छु पनि भन्नेहरु फर्किएका छन् । त्यस कारण मान्छेको जीवनमा यस्ता रोग व्याध आउँछन्, जान्छन् भनेर मन दह्रो बनाउनु पर्ने रहेछ । ‘मार के साथ मे भूत डराए’ भने जस्तै रहेछ । यो शंकाले थिच्ने रहेछ । मलाई शंका पनि लागेन डर पनि लागेन ।

मलाई कुनै लक्षण थिएन । ज्वरो आएको पनि होइन, जीउ दुखेको पनि होइन । तर थुक जचाउँ भने सबैले । जचाएको कोरोना देखियो । मलाई आयुर्वेदिक औषधि पनि पठाइदिएका थिए । तर खाइनँ । डाक्टरको औषधि पनि आयूर्वेदिक पनि एकै पटक खानु ठिक लागेन मलाई ।

मैले नियमित शारिरीक व्याम गरें । म पहिलेदेखि नै एक्सरसाइज गर्ने मान्छे हुँ । लामो सास लिने, नाक थुनेर फेरि सास छोड्ने गरीरहें । हात खुट तन्काउथें । अस्पतालको छत देखि भुइँसम्म दिनमा तीन पटक हिड्थें । हरेक पटक १५ पटक गरेर दिनमा ४५ पटक तलमाथि गरें ।

खानाचाहिँ म बिहान दुध, दालको झोल र अलिकति भात खान्थें । बेलुका दुध रोटी खान्थें । खान अलि रुची भएन । दिउँसो पनि उही दुध रोटी खान्थे । नगरपालिकाको क्यान्टिनबाटै मगाएँ खाना । डाक्टरले नुहाउन दिएनन् । ननुहाउनु भने । दही पनि नखानु भने तर मलाई दही खान धेरै मन लागेको थियो । तातो पनि अत्यधिक खाँए ।

मलाई के लाग्यो भने कोरोना संक्रमण भयो भनेर डराउनेहरु गए । तर यो सँग भिड्छु अनि जित्छु पनि भन्नेहरु फर्किएका छन् । त्यस कारण मान्छेको जीवनमा यस्ता रोग व्याध आउँछन्, जान्छन् भनेर मन दह्रो बनाउनु पर्ने रहेछ । ‘मार के साथ मे भूत डराए’ भने जस्तै रहेछ । यो शंकाले थिच्ने रहेछ । मलाई शंका पनि लागेन डर पनि लागेन ।