काठमाडौं- स्पेनबाट कोरोना विरुद्धको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।
स्पेनबाट अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, र्यापिड टेस्ट, मास्कलगायत स्वास्थ्य सामग्री नेपाल आइपुगेको हो ।

उक्त सामग्री स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाटीलाई केही बेरअघि हस्तान्तरण गर्नुभयो ।
स्पेनी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री गोन्जालेजले लकडाउनले नेपालमा अलपत्र भएका स्पेनी नागरिकलाई उद्दार गरेकोमा नेपाललाई धन्यवाद दिँदै आपसी सहयोगमा स्पेन जहिले तयार रहेको बताउनुभएको छ ।








प्रतिक्रिया