अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ल्हासाबाट नेपाल आइपुग्दै १५० सिलिन्डर लिक्विड अक्सिजन

ल्हासाबाट नेपाल आइपुग्दै १५० सिलिन्डर लिक्विड अक्सिजन


काठमाडौं- चीनको तिब्बत सरकारको सहयोगमा १५० सिलिन्डर लिक्विड अक्सिजन (३० एमटी) ल्हासाबाट नेपाल पठाइएको छ ।

चीनको ल्हासाको लागि नेपाली महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विडबाट ४० किलो क्षमताका करिब ६ हजार सिलिन्डर भर्न सकिनेछ ।

यसबाहेक तिब्बत सरकारले २०० थान आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर पनि नेपाललाई सहयोग दिने नेपालका लागि चिनियाँ राजदूत होउ याञ्छीले बताउनुभयो ।

ल्हासाका लागि नेपाली महावाणिज्य दूत नवराज ढकालले तिब्बत सरकारले स्थलमार्गबाट नेपाल जाने कोभिडसम्बन्धी कार्गो बिना रोकावट नेपाल पठाउने हरसम्भव प्रयास गर्ने वचन दिएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ ।

महावाणिज्य दूतावासले कार्गो मुभमेन्टको निरन्तर ट्रयाकिङ गरिरहेको जनाएको छ । आफूले पनि तिब्बत सरकारका सम्बन्धित पदाधिकारीसँग सघन सम्पर्कमा रहेको राजदूत ढकालले बताउनुभयो ।