अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र बेलायती राजदूतबीच भेट

प्रधानमन्त्री ओली र बेलायती राजदूतबीच भेट


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री ओलीलाई आज सिंहदरबारस्थित कार्यकक्षमा भेट गर्नुभएको हो ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध, मुख्यतः कोभिड-१९ विरुद्धको लडाइँमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको थियो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले बेलायतले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । साथै, उहाँले नेपाली जनताको लागि कोरोना खोप उपलब्ध गराउनसमेत अनुरोध गर्नुभएको थियो ।