अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको स्थायी कमिटी बैठक सुरू, यी विषयमा हुँदैछ छलफल

एमालेको स्थायी कमिटी बैठक सुरू, यी विषयमा हुँदैछ छलफल


काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरू भएको छ ।

स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार बैठकमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ ।

बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित टोलीले रिपोर्टिङ गर्ने तथा राष्ट्रिय सभा निर्वाचनको पनि समीक्षा हुने बताइएको छ ।

पार्टीको आन्तरिक विवाद समाधान गर्न एमालेले १० सदस्यीय कार्यदल गठन गरेको छ । आज अपरान्ह ५ बजेका लागि कार्यदलको बैठक तय गरिएको छ ।

आजको स्थायी कमिटी बैठकमा कार्यदलमा भएको छलफल र प्रगतिबारे ब्रिफिङ हुने जनाएको छ ।

स्थायी कमिटी बैठकलगत्तै मन्त्रिपरिषद् बस्ने तयारी छ ।