अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग

सीसीएमसी खारेज गर्न माओवादी केन्द्रको माग


काठमाडौं- नेकपा माओवादी केन्द्रले कोभिड-१९ नियन्त्रणका लागि सरकारले गठन गरेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय गरेको माओवादी स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिनुभयो ।

सीसीएमसीलगायतका संस्थाविरुद्ध माओवादीले पहिले पनि विरोध गर्दै आएको थियो ।

माओवादी केन्द्रले कोभिडविरुद्ध ध्यानाकर्षण गराउँदै अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

दाहालको नेतृत्वमा कोभिडसँग जुध्‍न बनाइएको समिति र अन्य नीति तथा अभियानबारे शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने स्थायी कमिटी सदस्य पुनले बताउनुभयो ।