काठमाडौं- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः पुष्पराज कँडेललाई नियुक्त गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरू कृष्णप्रसाद ओली, उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको हो ।
कँडेल यसअघि पनि आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो । ओली, झा र शाही पनि सदस्यमा दोहोरिनु भएको छ ।
उपाध्यक्ष कँडेलसहित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ दिलाउनुभएको हो । शथपपछि उहाँहरूले आयोगको कार्यालय पुगेर पदभार ग्रहण गर्नु भएको छ ।






प्रतिक्रिया