अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा उपनिर्वाचन : ३ सय ३८ मत खस्यो, आजै नतिजा सार्वजनिक

राष्ट्रियसभा उपनिर्वाचन : ३ सय ३८ मत खस्यो, आजै नतिजा सार्वजनिक


हेटौँडा- बागमती प्रदेश राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचनमा ३ सय ३८ मत खसेको छ

प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा आज भएको मतदानमा प्रदेश सांसद १ सय ९ जनामध्ये १ सय ५ मत खसेको हो ।

स्थानीय तहका प्रमुख-उपप्रमुख गरी २ सय ३८ मध्ये २ सय ३३ मत खसेका निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदान सकिएपछि केहीबेरमा आवश्यक प्रक्रिया पूरा गरी मतगणना थाल्ने तयारी गरिएको छ । आजै नतिजा सार्वजनिक हुनेछ । उपनिर्वाचनमा एमालेकै दुई जनासहित तीन जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनका तर्फबाट माधव नेपालनिकट डाक्टर खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिष्पर्धामा हुनुहुन्छ ।