अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् राष्ट्रियसभा उपनिर्वाचनमा मतदान नगर्ने जनप्रतिनिधि

यी हुन् राष्ट्रियसभा उपनिर्वाचनमा मतदान नगर्ने जनप्रतिनिधि


हेटौँडा- बागतमी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ १०५ र स्थानीय तहतर्फ २३३ गरी ३३८ जनाले मतदान गरेको निवाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचनमा प्रदेशसभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता थिए ।

निर्वाचनमा कोरोना भाइरस संक्रमित २५ मतदाताले भाग लिनुभएको थियो । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ छ ।

३४७ मतदातामध्ये प्रदेशसभाका ४ जना सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जना अनुपस्थित भएका निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार अनुपस्थित हुने प्रदेशसभा सदस्यमा विवेकशील साझा पार्टीका तीन जना र माओवादीका एक जना हुनुहुन्छ ।

विवेकशील साझाले कसैको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार रमेश पौडेल, विराजभक्त श्रेष्ठ, शोभा शाक्य र अनुपस्थित हुनुहुन्थ्यो । त्यस्तै, माओवादी केन्द्रकी सांसद हिमाली गोले पनि अनुपस्थित हुनुभयो ।

त्यस्तै, नेपाली कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित र धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ पनि मतदानमा अनुपस्थित हुनुभयो ।

साथै, दोलखाको मेलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी पनि उपस्थित हुन सक्नुभएन । उहाँ विरामी भएका कारण मतदानमा अनुपस्थित भएको बताइएको छ ।

उपनिर्वाचनको मतगणना सुरू भइसकेको छ ।

प्रदेश राजधानी हेटौँडाको भुटनदेवी माविमा भएको मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरू गरिएको हो ।