काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलको आजको बैठक पनि स्थगित भएको छ ।
बेलुका ५ बजे बस्ने गरी बोलाइएको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको कार्यदलका सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
आजको बैठकमा कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची थियो ।
हिजो पनि कार्यदलको बैठक बस्न सकेको थिएन । कार्यदलका सम्पूर्ण सदस्य उपस्थित हुन नसकेकाले बुधबार बस्ने भनिएको कार्यदलको बैठक आज साँझ पाँच बजेसम्मका लागि स्थगित गरिएको थियो ।
कार्यदलमा अध्यक्ष तथा केपी शर्मा ओली र माधव नेपाल पक्षका पाँच/पाँच जना नेता रहनुभएको छ ।







प्रतिक्रिया