अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन : बादललाई हराउँदै देवकोटा निर्वाचित

राष्ट्रियसभा निर्वाचन : बादललाई हराउँदै देवकोटा निर्वाचित


काठमाडौं- निर्वतमान गृहमन्त्री रामबहादुर थापा (बादल) लाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ ।

५०८८ मतभार पाउँदै उहाँ विजयी हुनु भएको हो ।

आज भएको निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ १०५ र स्थानीय तहतर्फ २३३ गरी ३३८ जनाले मतदान गरेको निवाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचनमा प्रदेशसभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता थिए ।

निर्वाचनमा कोरोना भाइरस संक्रमित २५ मतदाताले भाग लिनुभएको थियो ।

३४७ मतदातामध्ये प्रदेशसभाका ४ जना सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जना अनुपस्थित भएका थिए ।

आयोगका अनुसार अनुपस्थित हुने प्रदेशसभा सदस्यमा विवेकशील साझा पार्टीका तीन जना र माओवादीका एक जना हुनुहुन्छ ।