तनहुँ- सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ । भानुस्थित पुरनडिही, बन्दीपुरस्थित बन्दीपुर र व्यासस्थित दमौली अस्पताललाई आज पाँच/पाँच अक्सिजन सिलिन्डर हस्तान्तरण गरिइएको हो ।
दमौली अस्पतालमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले प्राप्त अक्सिजनले सङ्क्रमितको उपचारका लागि सहयोग पुग्ने बताउनुभयो ।
पुरनडिही अस्पतालका डा. सुरज श्रेष्ठ, भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे, बन्दीपुर अस्पतालमा अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङ, डा. मनिष श्रेष्ठ लगायतको सहभागिता थियो ।







प्रतिक्रिया