अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ८३०५ संक्रमित थपिँदा ६५४३ जना डिस्चार्ज

आज ८३०५ संक्रमित थपिँदा ६५४३ जना डिस्चार्ज


काठमाडौं- गत २४ घण्टामा नेपालमा ८ हजार ३०५ जनामा कोरोना संक्रमित थपिएका छन् । एन्टिजन तथा पीसीआर विधिबाट २२ हजार ८७ को परीक्षण गर्दा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला परेका छन् ।

काठमाडौं जिल्लामा २ हजार ६ सय जनामा तथा भक्तपुरमा २२९ र ललितपुरमा ४०३ संक्रमित फेला परेका हुन् । त्यस्तै, आज १९० संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६ हजार ५४३ जना सङ्क्रमणमुक्त भएका छन् ।

अहिले देशभरी १ लाख १५ हजार ८ सय जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण छ ।