काठमाडौं– २०७० सालको दोस्रो संविधानसभा निर्वाचनको प्रचारका लागि नवलपरासी पुगेर तत्कालिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भन्नुभएको थियो– ‘एमालेजस्तो संगठन हुने हो भने म माओवादीलाई फेरि पनि पहिलो पार्टी बनाउने थिएँ ।’
२०६४ सालमा पहिलो पार्टी बनाएका दाहालले आफ्नो शक्ति क्षीण हुँदै गर्दा एमालेको संगठनमा आँखा लगाउनुभएको थियो । पाँच वर्षपछि उहाँले एमालेसमेत मिलेर बसेको नेकपाको नेतृत्व गर्ने अवसर त पाउनुभयो तर संगठन एमालेजस्तो होइन माओवादीभन्दा पनि गएगुज्रेको बनाइदिनुभयो । दाहालको विध्वंश यतिमामात्रै सकिएन, माधव नेपाललाई प्रयोग गरेर अहिले एमालेलाई शक्तिहीन बनाउने अभियानमा विजय प्राप्त भइरहेको छ ।
एमालेको ब्रान्डमा भइरहेको प्रहारमा माधव नेपाल मोहरा बनिरहनुभएको छ । बिहीबार सूर्यध्वजावाहक रामबहादुर थापा ‘बादल’को पराजय एमालेलाई शक्तिहीन बनाउने अभियानको निरन्तरता हो ।
एमालेको ब्रान्डमा भइरहेको प्रहारमा माधव नेपाल मोहरा बनिरहनुभएको छ । बिहीबार सूर्यध्वजावाहक रामबहादुर थापा ‘बादल’को पराजय एमालेलाई शक्तिहीन बनाउने अभियानको निरन्तरता हो ।
नेकपामा हुँदा एउटा नवआगन्तुक सामान्य कार्यकर्ताभन्दा पनि तल झरेर नेपालले निर्वाचित अध्यक्ष र निर्वाचित प्रधानमन्त्रीलाई हटाउने अभियान सुरु गर्नुएको थियो । ओली रहेको पद पार्टी अध्यक्ष, प्रधानमन्त्री, संसदीय दलको नेतामात्र होइन पार्टी सदस्यता नै खोस्नुभएका नेपालको गैरराजनीतिक क्रियाकलापले हद नाघेको छ । एमाले केन्द्रीय नेताको भनाइ छ, ‘उहाँले १५ वर्ष कति संकीर्ण सोचले पार्टी चलाउनु भएको रहेछ अहिले देखिँदैछ ।’
एमालेको १५ वर्ष नेतृत्व गर्दा माओवादी नामको पार्टी संसदीय राजनीतिमा थिएन । कम्युनिस्ट ब्रान्डको एउटै पार्टी थियो । कांग्रेसको विकल्प एउटै दल थियो । पुष्पलाल, मनमोहन र मदन भण्डारीले बनाएका इमान्दार कार्यकर्ताको पंक्ति थियो । त्यही इमान्दार कार्यकर्ताले विद्रोही माओवादीको बन्दूक र तरबार सहेर पार्टी जोगाइदिएका थिए ।
१५ वर्षसम्म कार्यकर्ताले जोगाएर इमान्दार र अनुशासित दल भनेर चिनिएको एमालेलाई माधव नेपालले लगातार दाग लगाइदिनुभएको छ । त्यसको श्रृंखलास्वरुप एमालेबाट निर्वाचित केही जनप्रतिनिधिले नै सूर्यलाई छाडेर अर्कैतिर मत दिएका छन् ।
नेपालले प्रधानमन्त्रीको विश्वासको मत लिने दिन अनुपस्थित भएर अर्को कलंकको टिका आफैं लगाउनुभएको छ । र, आफूसहित २८ जना सांसदलाई त्यही टिका छर्किदिनुभएको छ । योगेश भट्टराई, घनश्याम भूसाल, गोकर्ण विष्टलगायतका भविष्य भएका नेताहरुको राजनीतिक भविष्य के हुने भन्ने चिन्ताको विषय भएको छ ।
माधव नेपालले व्यक्तिगतरुपमा इमान्दारको छविलाई कपट र संकीर्ण भएको छर्लङ्गमात्रै बनाउनुभएन कतिपय नेता कार्यकर्ताको राजनीतिक भविष्य सिध्याइदिनुभयो ।
कर्णालीमा चार सांसदलाई फ्लोर क्रस गर्न लगाएर नेपालको संसदीय इतिहासमा कलंकको टिका लगाइदिनुभएको छ । चारमध्ये तीन मन्त्री छन्, मन्त्री पद त केही समयमा सकिन्छ नै तर कलंको टिका न कहिल्यै मेटिन्छ न राजनीतिक भविष्य सुरक्षित रहन्छ । प्रकाश ज्वालाजस्ता कर्णालीका नेताहरुको राजनीति सकिएको छ ।
नेपालले प्रधानमन्त्रीको विश्वासको मत लिने दिन अनुपस्थित भएर अर्को कलंकको टिका आफैं लगाउनुभएको छ । र, आफूसहित २८ जना सांसदलाई त्यही टिका छर्किदिनुभएको छ । योगेश भट्टराई, घनश्याम भूसाल, गोकर्ण विष्टलगायतका भविष्य भएका नेताहरुको राजनीतिक भविष्य के हुने भन्ने चिन्ताको विषय भएको छ ।
जनप्रतिनिधिलाई सूर्यमा मत हाल्नबाट रोकेर नेता नेपालले तेस्रो दाग लगाउनुभएको छ । अब यो श्रृंखला कहाँ पुगेर अन्त्य हुने टुंगो छैन । एकातिर नयाँ पार्टीको अभ्यास गर्ने अर्कोतिर कार्यदल बनाएर एमालेप्रति लालच देखाउने नेपालको राजनीतिक बिसर्जन कुन ठाउँमा पुगेर हुने हो उहाँको पदचाप पछ्याएकाहरुका लागि चिन्ताको विषय भएको छ ।

प्रतिक्रिया