अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बादलद्वारा खिमलाल देवकोटालाई बधाई

बादलद्वारा खिमलाल देवकोटालाई बधाई


काठमाडौं- नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आफूलाई मत दिने सबैलाई धन्यवाद दिनुभएको छ ।

निर्वाचन नतिजापछि सामाजिक सञ्जालमार्फत बादलले सबैलाई धन्यवाद र विजयी उम्मेदवार डा. खिमलाल देवकोटालाई बधाई दिनुभएको हो ।

‘आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरू, महानगरपालिका/उपमहानगरपालिका/नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा. खिमलाल देवकोटालाई बधाई,’ थापाले फेसबुकमा लेख्नु भएको छ ।

आज भएको मतदानमा माधवकुमार नेपाल पक्ष, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार डा. देवकोटाले ५ हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले ४ हजार १४ मतभार प्राप्त गर्नुभएको छ ।

त्यस्तै, नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।