अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद रानाद्वारा पत्रकार महासंघ कैलालीलाई स्वास्थ्य सामग्री सहयोग

सांसद रानाद्वारा पत्रकार महासंघ कैलालीलाई स्वास्थ्य सामग्री सहयोग


कैलाली- प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले नेपाल पत्रकार महासंघ कैलालीलाई आज स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

कोभिड– १९ को महामारीमा अग्रपंक्तिमा खटिएर काम गरिरहेका सञ्चारकर्मीका लागि कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद रानाले एक हजार थान एन ९५ मास्क, एकएक बाकस सेनिटाइजर र ह्याण्ड सेनिटाइजरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले जानकारी दिनुभयो ।

आकस्मिक कोष स्थापना

पत्रकार महासंघ कैलालीले कोरोना महामारीबाट सञ्चारकर्मी दिनानुदिन सङ्क्रमित हुन थालेपछि आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ ।

अध्यक्ष जोशीका अध्यक्षतामा आज यहाँ बसेको बैठकले कोष स्थापनाका लागि कार्यसमिति सदस्य दीपक उपाध्यायका संयोजकत्वमा समिति गठन गरेको जनाइएको छ ।