अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ सरकार बनाउन आज साँझ पाँच बजेसम्मको म्याद

नयाँ सरकार बनाउन आज साँझ पाँच बजेसम्मको म्याद


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दिएको समयसिमा आज साँझ पाँच बजे सकिदैछ । यसका लागि दलहरुले अहिले बिहान देखि तयारी थाल्ने भएका छन् ।

वर्तमान अल्पमतको सरकारले संसदबाट आफूले विश्वासको मत नलिने पत्र लेखेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गर्नु भएको हो ।

नयाँ सरकार गठनका बिषयमा छलफल गर्नका लागि काँग्रेसले अहिले विहान नौ बजे पदाधिकारी बैठक डाकेको छ । बैठकमा नयाँ सरकार गठनका लागि पहल लिंदा सफल हुन सकिने नसकिने विष्लेषण गरेर मात्र अघि बढ्ने रणनीति बनाउने तयारी छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि अहिले बिहान पार्टीका स्थायी समिति,केन्द्रीय समिति र जनगर्गीय संगठनका पदाधिकारहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।

गत वैशाखको २७ देखि ३० गतेसम्म पनि राष्ट्रतिले बहुमतको सरकार बनाउनका लागि दलहरुलाई आह्वान गर्नुभएको थियो । तीनदिनको समयमा पनि त्यसबेला काँग्रेस र माओवादीले बहुमतको सरकार दाबी गर्न सकेकका थिएनन् । त्यसको करिब हप्ता दिन नवित्दै फेरी राष्ट्रतिले बहुमत पुर्‍याएर सरकार गठनका लागि आह्वान गर्नुभएको हो । हप्तादिन अघिको राजनीतिक परिस्थितिमा खासै फेरबदल नआएकोले काँग्रेस र माओवादी नेताहरु उत्साहित भएका छैनन् ।