काठमाडौं– एमाले केन्द्रीय सदस्य एवं प्रचार उपप्रमुख सूर्य थापाले मार्गप्रशस्त भनेको पदत्याग रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई नयाँ सरकार गठन गरेको भन्दै राष्ट्रपतिको आलोचना भइरहेकाबेला थापाले मार्गप्रशस्त भनेको पदत्याग रहेको ब्याख्या गर्नुभएको हो । ‘मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरु ?,’ थापाले भन्नुभएको छ, ‘बहुमत सदस्यहरू (१३८जना)को समर्थनमा धारा ७६(५)बमोजिम नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षमै बस्न बाध्य गरे भइहाल्यो त । के को सारंगी र्याई-र्याई भयो जीवन तिरिमिरी झ्याई ?’







प्रतिक्रिया