काठमाडौं जनता समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र महतोले संसदीयल दलको बैठक बोलाउनुभएको छ ।
विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न महतोले आज ११ बजे दलको बैठक बोलाउनुभएको हो ।
यो बैठकका बारेमा जसपाको उपेन्द्र यादब समुहले आफूलाई जानकारी नभएको बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो धारा ७६ को ५ अनुसार सरकार बनाउन मार्ग प्रशस्त गर्ने निर्णय गरेपछि आज साँझ ५ बजेसम्म बहुमतको सरकार बनाउन राष्ट्रपतिले समय दिनुभएको छ । स्रोतहरुका अनुसार जसपाको महन्थ ठाकुर समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने प्रवल सम्भावना छ ।







प्रतिक्रिया