अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लौरो उभ्याएर भए पनि धारा ७६ (५) को वैकल्पिक सरकार दिउँ : बाबुराम

लौरो उभ्याएर भए पनि धारा ७६ (५) को वैकल्पिक सरकार दिउँ : बाबुराम


काठमाडौं- जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद, संविधान र लोकतन्त्रको रक्षाका लागि लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिन दलहरुलाई आग्रह गर्नुभएको छ ।

डा. भट्टराईले भन्नुभएको छ, ‘सबैले त्याग,बलिदान गरौं । लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिउँ । आजै गरौं,अहिल्यैं गरौं । बीपी कोइराला पुष्पलालदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधानरलोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ ।’

जसपाकै महन्थ–राजेन्द्र पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका बेला डा. भट्टराईले वैकल्पिक सरकारको दाबी पेस गर्न सुझाव दिनुभएको हो ।