अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाले भन्यो– ‘तटस्थ छौं, प्रधानमन्त्रीको विपक्षमा छैनौं’

जसपाले भन्यो– ‘तटस्थ छौं, प्रधानमन्त्रीको विपक्षमा छैनौं’


काठमाडौं– जनता समाजवादी पार्टीले फेरि पनि तटस्थ बस्ने निर्णय गरेको छ ।

संसदीय दलको शुक्रबार बिहान बसेको बैठकले विपक्षी गठबन्धनमा नजाने निर्णय गरेको पार्टी अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । ‘हामी तटस्थ छौं,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको विपक्षमा छैनौं ।’

दलका नेता राजेन्द्र महतोले पनि पद र कुर्सीका लागि होइन, जनताको म्यान्डेटलाई ध्यान दिने बताउनुभयो । ‘प्रधानमन्त्रीको के खेला भइरहेको छ ?,’ उहाँको भनाइ छ, ‘पद र कुर्सीका लागि होइन, जनताको म्यान्डेटलाई ध्यान दिन्छौं । पदका लागि प्रयोग गर्दैनौं । कुर्सीको दौडमा छैनौं । जनताको माग र मुद्दाका लागि लाग्छौं ।’