काठमाडौं– संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि १४९ सांसदको हस्ताक्षरसहितविपक्षी गठबन्धनका नेताहरु शीतल निवास पुगेका छन् ।
गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा कांग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् । कांग्रेस नेता गगन थापाले माधव नेपालका २७ सांसदको हस्ताक्षर रहेको जानकारी दिनुभयो ।
विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि दाबी गरेका हुन् । कांग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको उच्च स्रोतले जनाएको छ ।
हस्ताक्षर कांग्रेस र माओवादी केन्द्रसहित एमालेको माधवकुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ ।
प्रधानमन्त्रीको नाम भने गोप्य राखिएको छ । ‘नेताहरुले सायद केहीबेरमा नै टुंग्याउनुहुन्छ होला,’ गगनले भन्नुभयो ।







प्रतिक्रिया