काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ ।
आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै भट्टराईले अस्वीकार गर्नुभएको हो ।
सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भूसाल, जयकुमार राईले माधव नेपालले पुरानो हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।








प्रतिक्रिया