काठमाडौं– राष्ट्रपति कार्यलयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति दुवैले बहुमत दाबी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले यस विषयमा थप अध्ययन गर्ने हुनु भएको छ ।
प्रेस सल्लाहकार टिका ढकालका अनुसार दुवै पक्षको दाबी आएकोले यसका कानूनी पक्षहरुका बारेमा राष्ट्रपतिले परामर्श गर्ने हुनुभएको हो । ‘कतिपय हस्ताक्षर दुवैतिर भएको बुझिन आएको छ । यसको पनि भेरिफाइ हुन्छ । यी कामका लागि राष्ट्रपतिज्यूलाई केही समय चाहिन्छ,’ ढकालले भन्नुभयो ।







प्रतिक्रिया