अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पदमुक्त सात मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई

पदमुक्त सात मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई


काठमाडौं– रष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भएका सात मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनुभएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार पदमुक्त भएका सात मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिइएको राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार सर्वोच्चले मन्त्रीहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिचन्द्र थापा, गौरीशंकर चौधरी र दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा काम गर्न रोक लगाउने आदेश दिएको थियो ।